काठमाडौं : जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करबि ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक हुनसक्ने आशंका रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij