Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एक महिनामा काठमाडौँबाट ८२ जना पक्राउ

एक महिनामा काठमाडौँबाट ८२ जना पक्राउ

काठमाडौँ   प्रहरीले मंसिर महिनामा काठमाडौँबाट ८२ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बैंकिङ कसुरसँग सम्बन्धित ४८ जना छन् । जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।

सरकार र जेनजीबिच सम्झौता भएसँगै प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परेर आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेकाहरू मध्येका ज्यान सम्बन्धी कसुरमा संलग्न भन्दा बाहेकका प्रतिवादी हाजिर जमानीमा रिहा भएका छन् ।मंसिर महिनामा पक्राउ परेका मध्येमा ७३ जना पुरुष र ९ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट