Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं : ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२१ घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतको २३ असार २०८१ को फैसला अनुसार अनुसार उनलाई ५ दिन कैद र ३६ लाख जरिवानाको फैसला भएको थियो । स्वयम्भूबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट