काठमाडौँ : अभिनेता पल शाह र अभिनेत्री बिपना थापाले सुदूरपश्चिम महोत्सवमा दर्शक झुमाएका छन् । उनीहरुले मंगलबार महोत्सवमा फिल्म ‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’मा स्टेजमा नृत्य गर्दै दर्शक नचाएका हुन् । स्टेजमा अभिनेता अभिनेत्री नाच्दा दर्शकले पनि नृत्यबाटै साथ दिएका थिए ।
महोत्सवमा उनीहरुले फिल्मको एक दृश्य अभिनय गराएर देखाएका थिए । ‘धर्तीमा आँखा खोली, मैले बोलेको त्यो बोली, सृष्टिकै पहिलो नाम ‘आ बाट आमा’ भन्दै दुवैले स्टेजमा अभिनय गर्दा दर्शक निकै भावुक बनेका थिए ।
पल र बिपना माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’को प्रचारका लागि सुदूरपश्चिम पुगेका हुन् । सोही अवसरमा त्यहाँ आयोजित महोत्सवमा सहभागी भएको बताइन्छ । महोत्सवमामा दर्शकको साथ पाउँदा निकै खुसी लागेको बिपनाले बताइन् ।
फिल्म ‘आ बाट आमा’ चन्द्र पन्तले निर्देशन गरेका हुन् । निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा बिपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतले मुख्य भूमिका छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको संगीतमा कोशिस क्षेत्री ,बाबुल गिरी, थानेश्वर गौतमले दिएका हुन् । फिल्मको निर्माण कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुङ्गानाले गरेका हुन् भने कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij