Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

युके पठाइदिन्छु भन्दै ५२ लाख ठग्ने व्यक्ति पक्राउ

युके पठाइदिन्छु भन्दै ५२ लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ५२ लाख रुपैयाँ ठगी गर्ने ५० वर्षीय लालबहादुर बराइलीलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१५ स्थायी घर भई हाल लण्डन बस्ने बताइएका बराइलीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।

सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ । बराइलीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्याएर अन्ततः सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट