काठमाडौं : सरकारले सशस्त्र प्रहरी बलका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीनै जना एआईजीको सरुवा गरेको हो । सशस्त्र प्रहरीमा एआईजी प्रमुख हुने मानवस्रोत, कार्य र सीमा सुरक्षा गरी तीन वटा विभाग रहेका छन् ।
जसअनुसार एआईजीको वरियतामा पहिलो नम्बरमा रहेका नारायणदत्त पौडेललाई कार्यबाट मानवस्रोत, दोस्रो वरीयताका बंशीराज दाहाललाई मानवस्रोतबाट सीमा सुरक्षा र तेस्रो वरीयताका गणेशबहादुर ठाडा मगरलाई सीमा सुरक्षाबाट कार्यविभागमा सरुवा गरिएको स्रोतले जनाएको छ ।
यसअघि उनिहरुको सरुवा २०८१ साल भदौ १३ गते बसेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij