Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौंमा ट्याक्सीबाट बरामद भयो ५५ किलो गाँजा

काठमाडौंमा ट्याक्सीबाट बरामद भयो ५५ किलो गाँजा

काठमाडौं : काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

गएराति ३ बजेतिर इनड्राइभ ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । भारतीय नागरिक ३८ वर्षीय सोन साइमन ग्रेसेसले इन्ड्राइभ गरी उक्त ट्याक्सीमा गाँजा बोकेर हिँडेको पाइएको एसपी भट्टराईले बताए ।

ट्याक्सीबाट २३ किलो र ग्रेसेसले रानिवनमा होमस्टे भाडामा लिएर बसेको ठाएँबाट ३२ किलो गरी ५५ किलो गाँजा बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट