Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कञ्चनपुर कारागारबाट कैदी भगाउने तीन जना पक्राउ

कञ्चनपुर कारागारबाट कैदी भगाउने तीन जना पक्राउ

कञ्चनपुर : कञ्चनपुर कारागारबाट कैदी भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कञ्चनपुर कारागारमा प्रवेश गरेर कैदी बन्दीहरूलाई भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले कारागारबाट मानिस बाहिर निकाल्ने कार्यमा संलग्न रहेको पाइएपछि तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको बताउनुभयो । अनुसन्धानका क्रममा रहेकाले उनीहरूले परिचय भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।

उनीहरूले गरेको बयानका आधारमा अन्यको पनि खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो । “भदौ २४ गते कारागार प्रशासनलाई चुनौती दिँदै मानिसहरू बाहिर निकाल्ने कार्यमा संलग्नहरूको खोजी भइरहेको छ” प्रहरी उपरीक्षक खत्रीले भन्नुभयो, “पक्राउ परेकाहरूलाई अदालत पेस गर्ने तयारी गरेका छौं ।”

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कञ्चनपुरमा पेस गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।

कञ्चनपुर कारागारबाट भदौ २४ गते ३५७ कैदी बाहिर निस्किएका थिए । जसमध्ये २९४ कैदी बन्दी आफैँ कारागारमा उपस्थित भएका थिए भने ६३ जना कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार चलान गरेको थियो । कञ्चनपुर कारागारबाट अझै ९८ कैदी बन्दी फरार रहेका छन् । जसमध्ये १७ जना कैदीबन्दी छिमेकी मुलुक भारतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट