Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

उदयपुर : वन मुद्दामा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । कटारी नगरपालिका-१ खसिबास बस्ने ७० वर्षीय धक्कुसिंह राईलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको हो।

उदयपुर जिल्ला अदालतको फैसलाले धक्कुसिंह राईलाई १२ दिन कैद र रु. १ लाख ५३ हजार ६९२ रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि मंसिर २८ गते अदालत बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट