Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरी हिरासतमा रहेका अभियुक्त शौचालयमा मृत फेला

प्रहरी हिरासतमा रहेका अभियुक्त शौचालयमा मृत फेला

काभ्रे : काभ्रेको इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा रहेका एक युवक मृत फेला परेका छन्। प्रहरीले चोरी मुद्दामा पक्राउ गरेका अभियुक्त इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

सोमबार बिहान ३ बजेको समयमा प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। उनका अनुसार, रोशी गाउँपालिका वडा नम्बर-१२ का २१ वर्षीय दूत राज तामाङ शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

ब्ल्याङ्केट च्यातेर त्यसैको पासो बनाएर उनी झुन्डिएको पाइएको छ। चोरी मुद्दामा पक्राउ परेका उनलाई आइतबार मात्रै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। उनको घरबाट चोरीका सामग्रीसमेत बरामद भएको प्रहरी निरीक्षक कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट