Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने दुई जना पक्राउ

विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने दुई जना पक्राउ

काठमाडाैँ :  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर ३ बस्दै आएका २८ वर्षीय सुनित प्रभाग रेग्मी र साेही महानगरकाे वडा नम्बर १३ बस्ने वर्ष २८ वर्षकै आशिष बाबु कुमाल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूराेका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार रेग्मीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौंमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्ड दुरूपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरुका विवरणहरु हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गरेका थिए ।उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट