Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

काठमाडौँ : दुम्सी मार्ने क्रममा फसेका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका–११ स्थित बक्सा बस्ने ५० वर्षीय दिलीप रेग्मी दुम्सी मार्न दुम्सी बस्ने प्वालमा छिर्ने क्रममा अड्किएका थिए ।

सो लगत्तै उनीसँगै गएका उनका साथीहरूले जानकारी गराएपछि पश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाल प्रहरीको संयुक्त टोलीले ५ घण्टादेखि जमिनमुनि फसेका रेग्मीलाई करिब २० मिटर भित्रबाट सकुशल उद्धार गरेको हो । उद्धार पश्चात् उनलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट