Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

डल्लुमा जुवातास खेलिरहेका ६ जना पक्राउ

डल्लुमा जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाडौँ : काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका– १५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् ।

रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय ईमरोज खानसहित ६ जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट