काठमाडौँ : जेनजी घटनाबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँग बयान लिन थालेको छ । बिहीबारबाट उनीहरूको बयान लिन थालिएको आयोगका एक जना पदाधिकारीले बताए ।
जेनजी प्रदर्शन हुँदा गृह मन्त्रालयमा रहेका दुवाडीलाई अन्तरिम सरकाले असोज ७ मा राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । मङ्सिर ९ देखी उनी अवकाशमा गएका छन् । जेनजी प्रदर्शन हुँदा आईजीपी रहेका खापुङ कात्तिक २६ मा सेवा निवृत भएका थिए । प्रदर्शनमा किशोरहरूको ज्यान जानेगरी बल प्रयोग गर्नुपर्ने अवस्था कसरी आयो भनेर आयोगका पदाधिकारीहरूले उनीहरूसँग बयान लिन थालेका छन् ।
भदौ १९ बाट प्रहरीको कमान्ड समालेका खापुङले आईजीपी भएको पाँचौँ दिनमा नै जेनजी प्रदर्शनको मार खेपेका थिए । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग पनि बयान लिइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij