काठमाडौँ : विभिन्न जिल्लाबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । बर्दिया र सुर्खेतबाट लागुऔषधसहित चार जना पक्राउ परेका हुन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–६ बेलनपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट २ सय ट्याब्लेट नाइट्राजेपाम र ४५ ट्याब्लेट ट्रामाडोलसहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २१ वर्षीय विनोद न्यौपाने, कालिकोट शुभकालिका गाउँपालिका–८ बस्ने २० वर्षीय नवीन शाही र सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय राजेश शाही रहेका छन् । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको कप्र०२–००१ ज ०६२४ नम्बरको इभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij