Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

कास्की : कास्की प्रहरीले पोखरा महानगरपालिका-५ स्थित तमु समाजको भवनबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोही महानगरपालिका-५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङसमेत ७ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्रहरीले नगद ४६ हजार ८ सय ६० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट