Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

हात्तीको दाह्रा ओसारपसार तथा बिक्री मुद्दामा फरार कैदी पक्राउ

हात्तीको दाह्रा ओसारपसार तथा बिक्री मुद्दामा फरार कैदी पक्राउ

काठमाडौँ : संरक्षित वन्यजन्तु हात्तीको दाह्रा अवैध रूपमा ओसारपसार तथा बिक्री–वितरण मुद्दाका फरार कैदी पक्राउ परेका छन् । भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा कैद सजाय भुक्तान गरिरहेका गोरखा सिरानचोक-८ का २२ वर्षीय सविन गुरुङलाई तीन महिनापछि प्रहरीले पक्राउ गरेको हो ।

सोमबार तार्केश्वर–मनमैजुबाट उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय उनी यही क्षेत्रमा बसोबास गर्दै आएका थिए ।उनलाई काठमाडौँ जिल्ला अदालतले २०८१ भदौ २८ गते ६ वर्ष कैद सजाय तोक्दै फैसला गरेको थियो । पक्राउ परेका गुरुङलाई पुनः केन्द्रीय कारागार कार्यालय, सुन्धारामा पेस गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट