काठमाडौँ : ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल सुन्धाराबाट भागेका एक व्यक्ति आज पक्राउ परेका छन् ।
वन्यजन्तुको अखेटोपहार तस्करीमा दोषी ठहर भई कारागारमा सजाय भुक्तान गर्दै आएका र भदौ २४ गते भागेका ती व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–८ घर भई हाल मनमैजु बस्ने २२ वर्षका सविन गुरुङ रहेका छन् ।उनलाई विशेष सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले आज तारकेश्वर नगरपालिकाको मनमैजुबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
गुरुङविरुद्ध मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०८१ भदौ २८ गतेको फैसलाले ६ वर्ष कैद सजाय तोकेको थियो । उनलाई आजै कैद भुक्तानीका लागि केन्द्रीय कारागार कार्यालय पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij