Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै व्यवसायी र जेन-जी आन्दोलित

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै व्यवसायी र जेन-जी आन्दोलित

राजविराज : आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि जेन-जी र व्यवसायीहरुले सोमबार पनि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । सरकारले करदाता सेवा कार्यालय राजविराज खारेज गर्ने निर्णय गरेपछि उनीहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयअगाडि दुई घण्टा धर्ना दिएका उनीहरूले सोमबार तीन घण्टा धर्ना दिँदै मंगलबारबाट यहाँका सम्पूर्ण स्थानीय तह र कार्यालयको कामकाज ठप्प पार्ने चेतावनी दिएका हुन् ।

सरकारले षड्यन्त्रपूर्वक करदाता सेवा कार्यालय राजविराज खारेज गर्ने निर्णय गर्दा करदातालाई समस्या भइरहेकोले आन्दोलन गर्न बाध्य भएको समितिका संयोजक मोहन यादवले बताए । ‘यहाँ ७२ हजार बढी करदाता छन् । २०८१/०८२ मा १ अर्ब राजस्व असुली पनि भएको थियो तर यहाँबाट सेवा कार्यालय हटाइदियो,’ उनले भने, ‘अझै हाम्रो माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्छौं ।’

जेन-जी र व्यवसायीहरुले गत शनिबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । त्यसअघि सप्तरी उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलन गर्दै गत कात्ति २२ देखि २७ सम्म सेवा कार्यालय खारेजीविरुद्ध हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीसमेतलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट