Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भदौ २४ मा आगजनी, तोडफोड र लुटपाट गर्ने २ अभियुक्त कारागार चलान

भदौ २४ मा आगजनी, तोडफोड र लुटपाट गर्ने २ अभियुक्त कारागार चलान

बर्दिया : जिल्ला अदालत बर्दियाले गत भदौ २४ को प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । उक्त घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई धरौटी लिई तारेखमा छाडेको अदालतले जनाएको छ ।

एमाले,कांग्रेसको पार्टी कार्यालय, गुलरिया नगरपालिकाको कार्यालय र पूर्वमन्त्री सञ्जय गौतमको घर तोडफोड, लुटपाट र आगजनीको आरोपमा प्रहरीले २ जनासहित सातजना विरुद्ध आपराधिक तथा आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले गुलरिया–४ का रोनक पोरवार भन्ने रोनक गुप्ता र गुलरिया–७ का अशरद पठानलाई पुर्पक्षका लागि कारागार पठाएको श्रेस्तेदार कमल घलेले बताए । जिल्ला न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले सोही मुद्दामा गुलरिया–११ का सलिम गद्दीलाई ६० हजार धरौटी लिई तारेखमा छाडिएको उनले जनाए ।

गुलरिया–६ का इरफान मनिहारलाई १ लाख २५ हजार, सोही ठाउँका नदिम शेष मन्सुरलाई ५० हजार, मोहम्मद जैद शेषलाई ५० हजार र राजु कुरेशीलाई १ लाख रुपैयाँ धरौटी लिई तारेखमा छाडेको श्रेस्तेदार घल्ले जनाए । उक्त घटनामा संलग्न १६ जनाविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । थप ९ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट