Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोरङको लेटाङमा १३ वर्षीया बालिका हत्या : छिमेकी पक्राउ

मोरङको लेटाङमा १३ वर्षीया बालिका हत्या : छिमेकी पक्राउ

विराटनगर : मोरङको लेटाङ–२, फडानीकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा प्रहरीले उनका छिमेकीलाई पक्राउ गरेको छ। दुई महिनादेखि जारी अनुसन्धानपछि करिब ५९ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ। यद्यपि, प्रहरीले औपचारिक रूपमा पक्राउबारे जानकारी सार्वजनिक गरेको छैन।

अंशु गौतम गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी थिइन् र कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा मृत अवस्थामा फेला परेकी थिइन्। उनको शव अत्यन्तै क्षतविक्षत अवस्थामा रहेको थियो।

मोरङ प्रहरी प्रमुख कवित कटुवालका अनुसार, अनुसन्धान अन्तिम चरणमा पुगेको छ। पक्राउ परेका व्यक्तिले अंशुको हत्या गरेको स्वीकार गरेको भए पनि हत्याको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रारम्भिक अनुमान अनुसार पारिवारिक रिस–रन्जना मुख्य कारण हुन सक्ने देखिएको छ।

यस घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय मोरङ, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मिलित टोलीले संयुक्त रूपमा गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट