कल्याणपुर (सप्तरी) : सप्तरीको महादेवा गाउँपालिका वडा ४ डाढाको मुसहरी टोलमा धानमा आगलागी हुँदा ठूलो क्षति भएको छ।स्थानीय ६० वर्षीया रविया सदाको करिब एक विघा खेतबाट काटिएको धान दाइँ (दौनी) गर्न घरछेउमै जम्मा गरिएको अवस्थामा बिहीबार राति अचानक आगलागी भएको थियो। आगलागीबाट करिब रु १,३७,५०० बराबरको धान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।
उहाँका अनुसार आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन र थप अनुसन्धान जारी रहेको छ।
बिहीबार राति १२:३० बजे सुरु भएको आगलागी स्थानीयवासीको सहयोगमा २:१५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।幸न कुनै मानवीय क्षति भने भएको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij