काठमाडौँ : काठमाडौँ प्रहरीले ७ करोड रुपैयाँ ठगी गरेर फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका १६ घर भई सुनसरीस्थित अन्जनी हार्डवेयर एन्ड सप्लायर्स पसल सञ्चालन गर्दै आएका रतन ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ठाकुरलाई मङ्गलवार बानेश्वरबाट पक्राउ गरेको हो । ठाकुरलाई जिल्ला अदालत सुनसरीले पक्राउ गर्न अनुमति दिएको थियो । त्यसलगत्तै फरार रहेका उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
ठाकुरलाई हैदर अलीले ७ करोड बराबर बिगो दाबी गर्दै ठगी सम्बन्धी मुद्दा दायर गरेका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij