Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ

रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ

रौतहट : रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमा क्षेत्रबाट नक्कली नेपाली नोट सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राऊ गरेको छ। मङ्गलवार साँझ ५ बजे सशस्त्र प्रहरी बल नेपाल बीओपी औरैयाबाट खटिएको गस्ती टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर–०५–एटी–०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारत पूर्वी चम्पारण, चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही–गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउ परेका हुन्।

उनीहरूको साथबाट रु १,००० दरका ११८ थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी तथा जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरू भारतबाट नक्कली नोट नेपालतर्फ ल्याउँदै गरेको खुलेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट