Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित

सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुर : बिहान साढे ८ बजेका लागि आह्वान गरिएको मधेस प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित गरिएको छ । बिहान १०ः३० बजेसम्म सत्तापक्षका संसद् उपस्थित नभएपछि दिउसो २ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट