काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई धम्की दिने युवकविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।
आफूलाई **उग्रबादी सङ्गठन ‘एक्ट्रिमिस्ट ग्रुप अफ नेपाल’**को अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै राईलाई धम्की दिएका हुन्।
अख्तियारको इमेलमा पठाइएको धम्की पत्रमा प्रकाश पाठकको नाम उल्लेख गर्दै प्रमुख राईलाई ‘सफाया’ गरिने भनिएको थियो।
काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीसँग भने, “अवाञ्छित तवरले धाकधम्की दिएको विषयमा अनुसन्धान भइरहेको छ।”
उक्त युवकले प्रहरीबाट बच्न आफू भारतमा रहेको दाबी गरेका छन् र भनेका छन्, “म भारतमा छु, मलाई पक्राउ गर्न असम्भव।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij