Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी आन्दोलनमा मोरङको सीडीओ कार्यालय आगजनीको आरोपमा ६ जना समातिए

जेनजी आन्दोलनमा मोरङको सीडीओ कार्यालय आगजनीको आरोपमा ६ जना समातिए

काठमाडौं : मोरङको जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगरको महानगरपालिका–३ का ४१ वर्षीय महेश नेपाल, विराटनगर–५ का २६ वर्षीय आवाज पौडेल, विराटनगर–१० का ३२ वर्षीय राजिव यादव, सोही ठाउँका ३७ वर्षीय ताजिम अन्सारी, विराटनगर–११ का २९ वर्षीय अरुण साह र विराटनगर–६ का ५५ वर्षीय बलराम कामत छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा उनीहरुले तोडफोड र आगजनी गरेको आरोप छ । पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रवको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट