काठमाडौं : मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
आइतबार बिहान करिब ३:२० बजे पोखराबाट कटारितर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको छ ।
दुर्घटनापछि उनलाई उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौली पुर्याइएको थियो । उपचारका क्रममा आज बिहान ४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सोही दुर्घटनामा कमलामाई नगरपालिका–१४ चन्दनपुरका अन्दाजी २५ वर्षीय दिपेश कुमर गम्भीर घाइते भएका छन् । दुधौली नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिहान ६:५५ बजे बिराटनगरतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनास्थल प्रहरी चौकी हत्पतेबाट ३ किलोमिटर र इलाका प्रहरी कार्यालय डकाहाबाट करिब १० किलोमिटर पश्चिममा रहेको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij