Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला, क्षेत्रिय प्रतिनिधि छनौट

चितवनमा उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला, क्षेत्रिय प्रतिनिधि छनौट

 चितवन : उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ। भेलामा पार्टीका केन्द्रिय समिति सदस्य संजिव भट्टराई (चितवन), ई.डा. शंकर ढकाल  (काभ्रे) र डा. आशुतोष विजय पन्त (ललितपुर) उपस्थित रहेको क्षेत्र नं. १ का संयोजक कुशल के.सी.ले जानकारी दिए ।

कार्यक्रममा संजिव भट्टराईले पार्टीको संगठनात्मक संरचना, नीतिगत दिशा तथा आगामी गतिविधिहरूका बारेमा अभिमुखीकरण गरेका थिए। भेलामा ५० भन्दा बढी विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, पार्टी शुभेच्छुक तथा स्थानीय सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

भेलाले चितवनका तीनै निर्वाचन क्षेत्रका लागि सर्वसम्मतरूपमा सम्पर्क व्यक्ति मनोनयन गरेको छ।

क्षेत्र नं. १ : कुशल के.सी. — नेपाल–अष्ट्रेलिया प्रवासी नेपाली संगठनमा सक्रिय, क्षेत्र नं. २ : सरला लामिछाने — विवेकशील आन्दोलनबाट सक्रिय महिला नेतृ क्षेत्र नं. ३ : समीर के.सी., — शिवनगर क्षेत्रका प्रभावशाली स्वतन्त्र नेता तीनै सम्पर्क व्यक्तिहरूको नेतृत्वमा सम्बन्धित क्षेत्रका सम्पर्क समिति गठन गरिएको छ।

यसै दौरान केन्द्रिय सदस्य संजिव भट्टराईले मंसिर १७ गते काठमाडौंमा हुने पार्टी घोषणा सभामा चितवन जिल्लाबाट व्यापक सहभागिता सुनिश्चित गर्न सबै सदस्यहरूलाई सक्रिय परिचालन गर्न विशेष आग्रह गरेका छन्।

भेलाले आगामी निर्वाचन लक्षित संगठन निर्माण, प्रचार–प्रसार अभियानलाई तीव्रता दिने निर्णयसमेत गरेको छ। मंसिर १७ गतेको घोषणा कार्यक्रम सम्पन्न भएपछि चितवन जिल्ला कमिटी गठन गर्ने निर्णयसहित भेला सम्पन्न भएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट