Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रामेछापमा बाघको आक्रमणबाट ६६ वर्षीया महिलाको मृत्यु

रामेछापमा बाघको आक्रमणबाट ६६ वर्षीया महिलाको मृत्यु

रामेछाप : रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाउँमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६६ वर्षीया गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोलाकुमार भट्टले जानकारी दिए।

प्रहरीका अनुसार महिलाको शव क्षत-विक्षत अवस्थामा स्थानीयवासीले बिहान फेला पारेपछि घटनाबारे सूचना दिइएको थियो। पछिल्लो समय गाउँ आसपासमा वन्यजन्तुको गतिविधि बढ्दै गएको स्थानीयले बताएका छन्।

घटनाको विस्तृत अनुगमन तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट