Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आइरन म्यान इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै इन्स्पेक्टर रवीन्द्र चन्द सम्मानित

आइरन म्यान इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै इन्स्पेक्टर रवीन्द्र चन्द सम्मानित

काठमाडौं : भारतको गोवामा सम्पन्न अन्तर्राष्ट्रिय ‘आइरन म्यान इभेन्ट’मा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दलाई भरतपुर तालिम केन्द्रले कात्तिक महिनाको उत्कृष्ट इन्स्पेक्टर घोषित गर्दै सम्मान गरेको छ।

भृतपुर तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापाले सोमबार (मंसिर ८) एक कार्यक्रमका बीच चन्दलाई सम्मानपत्र प्रदान गरेकी हुन्।

चन्दले कात्तिक २३ गते गोवामा आयोजना गरिएको ‘आइरन म्यान’ प्रतियोगितामा १.९ किलोमिटर पौडी, ९० किलोमिटर साइकलिङ र २१.१ किलोमिटर दौड सफलतापूर्वक पूरा गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए। उनको अन्तर्राष्ट्रिय सहभागिताले नेपाल प्रहरीको प्रतिष्ठा अझ उकासिएको तालिम केन्द्रले जनाएको छ।

उक्त कार्यक्रममा कात्तिक महिनाका उत्कृष्ट प्रशिक्षकका रूपमा प्रहरी सहायक निरीक्षक ओमबहादुर तामाङ र प्रहरी सहायक हवल्दार प्रकाश लामालाई पनि सम्मान गरिएको तालिम केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट