झापा : ‘जेनजी’ आन्दोलनको भीडभाडका बीच चितवन कारागारबाट फरार भएका एक बन्दी झापामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
सुब्बा सालकको अखेटोपहारसम्बन्धी मुद्दामा चितवन कारागारमा थुनाबन्दी रहेका थिए । आन्दोलनकै बीच कारागारबाट भागेका उनी लामो समयदेखि घरमै लुकीछिपी बस्दै आएको खुलेपछि प्रहरीले आइतबार (मंसिर ७) उनको घरमै पुगेर नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउपछि सुब्बालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको र आवश्यक प्रक्रिया पूरा गरी उनलाई चितवन कारागारमै पुनः पठाइने प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij