Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दुर्गा प्रसाईं समूहका थप सदस्यलाई पक्राउ गर्न खोज्दाखोज्दै जुटेको थियो सहमति

दुर्गा प्रसाईं समूहका थप सदस्यलाई पक्राउ गर्न खोज्दाखोज्दै जुटेको थियो सहमति

काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाभियानसँग गएराति बालुवाटारमा भएको सहमतिपछि दुर्गा प्रसाईं समूहका केही सदस्यहरु पक्राउ पर्नबाट बचेको खुलेको छ । ७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गरेको थाहा पाएपछि प्रहरीले समूहका सदस्यहरूमाथि निगरानी बढाएको थियो । प्रहरी स्रोतका अनुसार अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पित र संगठन सचिव प्रेमदीप लिम्बूको हस्ताक्षर भएको पत्रमा ‘बन्दको अवज्ञा गरी कोही कसै अज्ञात समूहबाट तोडफोड र आगजनी, लुटपाट भए महाअभियान जिम्मेवार नरहने’ उल्लेख गरिएको थियो ।

‘खुलेआम त्यसरी तोडफोड, आगजनी र लुटपाट हुन्छ भनेर भनेपछि निगरानी बढाएका थियौं,’ एक प्रहरी उच्च अधिकृतले भने, ‘त्यसरी कसैलाई पनि अराजकता मच्चाउने छुट दिनु हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

तर, गृहमन्त्री ओमप्रकाश अर्यालसमेतको अग्रसरतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समूहका सदस्यहरुसँग वार्ता भयो । त्यसअघि निराजन प्रसाईंसमेतका सदस्यहरुले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा गएर प्रसाईंसँग कुराकानी गरेका थिए । डा. निराजन दुर्गा प्रसाईंका छोरा हुन् । प्रसाईंलाई हिरासतमा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले समेत भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट