Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

झापा हत्याकाण्ड अनुसन्धानमा इन्स्पेक्टर सुभाष केसी ‘सर्वोत्कृष्ट प्रहरी’

झापा हत्याकाण्ड अनुसन्धानमा इन्स्पेक्टर सुभाष केसी ‘सर्वोत्कृष्ट प्रहरी’

काठमाडौँ  :  झापाको दहिझोडा सामुदायिक वनमा मृत भेटिएका सरोज शर्माको हत्याबारे अनुसन्धान गरेका इन्स्पेक्टर सुभाष केसीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

इन्चार्ज इन्स्पेक्टर केसीले कात्तिक ९ गते अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडामा मृत भेटिएका ३३ वर्षीय सरोज शर्माको हत्याबारे अनुसन्धान नेतृत्व गर्नुभएको थियो। उनको टिमले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा २७ वर्षीय सुनिल साह र उनका भाञ्जा २३ वर्षीय राहुल साह रहेका छन्। अनुसन्धानबाट थाहा भएको छ कि उनीहरूले सरोज शर्मालाई अपहरण गरी जङ्गलमा लगेर हत्या गरेका थिए र शवलाई झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गको पुलमुनि गाडेर लुकाएका थिए। मृतक शर्माको प्रयोग गरेको गाडी मेचीनगर–१३ मा जलेको अवस्थामा भेटिएको थियो।

कोशी प्रदेशका डीआईजी ईश्वर कार्कीले इन्स्पेक्टर केसीलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट