काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापन र सरसफाइमा जोड दिएका छन्।
आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्ड, गोकर्णेश्वर–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गर्दै मन्त्री घिसिङले सडक स्तरोन्नति, ढल व्यवस्थापन र नदी सफाइलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।
उनले भने, “नदी सफा भए मात्र शहर सफा हुन्छ। त्यसैले ढल व्यवस्थापन, सडक मर्मत र नदीमा फालिएको फोहोर हटाउने काम सबैभन्दा पहिले गरिनेछ।”
उनको निजी सचिवालयका अनुसार, नदीमा जम्मा फोहोर हटाइने, चेक बाँध सञ्चालनमा ल्याइने र साना तलाउ निर्माण गरी सो क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने योजना अघि बढाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij