Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रामबहादुर बम्जनको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा पेसी चढ्यो

रामबहादुर बम्जनको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा पेसी चढ्यो

काठमाडौँ  :  सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएका रामबहादुर बम्जनको मुद्दा सर्वोच्च अदालतमा पेसी चढेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।

सम्पत्ति शुद्धीकरण (मनी लान्डरिङ) कसुरमा बम्जनविरुद्ध २०८१ फागुन ५ गते सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि बम्जनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेका थिए। तर उच्च अदालतले पनि जिल्ला अदालतको प्रारम्भिक आदेश सदर गरेपछि बम्जनले सर्वोच्चमा दफा ७३ बमोजिम थुनामुक्ति माग्दै निवेदन दर्ता गरेका हुन्।

बम्जनविरुद्ध करिब सवा ८ करोड बराबरको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ। उनीविरुद्ध ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना तथा कसुर अनुसार कैद सजाय माग गरिएको अभियोग पत्रमा उल्लेख छ।

यसअघि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिग अनुयायी ‘आनी’ माथि यौन दुव्र्यवहार गरेको अभियोगमा २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। तर उक्त फैसला विरुद्ध दिएको पुनरावेदनमा जनकपुर उच्च अदालतले निर्णय उल्ट्याउँदै २०८१ चैत ६ गते बम्जनलाई सफाइ प्रदान गरेको थियो। उच्च अदालतको निर्णयसँगै बम्जन जेलमुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट