काठमाडौं : राहदानी छिटो बनाइदिने भनी बिचौलियाको काम गरेको आरोपमा प्रहरीले आठ जनालाई सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर–९ का २६ वर्षीय सञ्जय आङ्देम्बे, शंखरापुर–६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, काठमाडौं–३२ का २५ वर्षीय प्रेमबहादुर लामा, काठमाडौं–२८ का १८ वर्षीय किशोर, काठमाडौं–२६ का २९ वर्षीय टेकबहादुर सुनार, कागेश्वरी मनोहरा–९ का ३० वर्षीय साजन श्रेष्ठ, नागार्जुन–६ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र कागेश्वरी मनोहरा–८ का ३८ वर्षीय जीवन लामा रहेका छन्।
उनीहरूले त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य गेट बाहिर सेवाग्राहीहरूलाई अतिरिक्त रकम लिएर छिटो राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्दै आएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले कर्मचारीको कामकारबाहीमा अवरोध पुर्याउने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij