Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलाली जिल्ला अदालतमा आगजनी, तीन जना पक्राउ

कैलाली जिल्ला अदालतमा आगजनी, तीन जना पक्राउ

धनगढी : जेनजी आन्दोलनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई धनगढीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय अमन केसी, २४ वर्षीय आशिष भण्डारी, र बैतडीको पुर्चौडी घर भएका २४ वर्षीय भरत बम रहेका छन्।

घटना भदौ २४ गते भएको थियो। आगलागीमा अदालतमा रहेका २००७ सालदेखि सञ्चय गरिएका मिसिलहरू नष्ट भएका थिए भने कम्प्युटर र अन्य सूचना प्रविधि सामग्रीमा समेत क्षति पुगेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, अदालतले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो। उनले भने, “अहिलेसम्म अन्य सरकारी कार्यालयहरूले जाहेरी दिएका छैनन्। जाहेरी आएपछि मात्र आरोपितलाई पक्राउ गरिएको हो।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट