Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बागमती प्रदेशद्वारा स्वास्थ्य सुधारका लागि १३ बुँदे प्रतिबद्धता

बागमती प्रदेशद्वारा स्वास्थ्य सुधारका लागि १३ बुँदे प्रतिबद्धता

मकवानपुर : बागमती प्रदेश सरकारले स्वास्थ्य सेवा सुधारका लागि १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। डिजिटल स्वास्थ्य सेवा, टेलिमेडिसिन, विशेषज्ञ सेवा विस्तार र सुशासन मुख्य प्राथमिकता रहेका छन्।

प्रदेशले २०८२/८३ देखि सबै अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) लागू गर्ने र भक्तपुर, हेटौँडा तथा त्रिशूली अस्पताललाई हब अस्पताल बनाइ १५ अन्य अस्पतालसँग टेलिमेडिसिन सेवा सञ्चालन गर्ने योजना बनाएको छ।

नसर्ने रोगको रोकथाममा ध्यान दिँदै सबै वडामा निःशुल्क परीक्षण कार्यक्रम, योग–ध्यान अभियान र स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

साथै, प्रदेशभर विशेषज्ञ सेवा प्रोत्साहन कार्यक्रम लागू गर्दै दुर्गम क्षेत्रमा पोषण तथा स्वास्थ्य प्रवर्धन अभियान सञ्चालन गरिनेछ।

स्वास्थ्य सुशासन सुधारका लागि बोलपत्रमार्फत खरिद, पुराना उपकरणको लिलामी, र चलायमान समुदायका लागि विशेष सेवा योजना अघि बढाइनेछ।

आपतकालीन सेवा सुदृढ गर्न कार्ययोजना अद्यावधिक गरिँदै प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई सक्षम बनाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट