Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सामाजिक सञ्जाल दुरुपयोगले अनुसन्धानमा चुनौती थप्यो : प्रहरी महानिरीक्षक

सामाजिक सञ्जाल दुरुपयोगले अनुसन्धानमा चुनौती थप्यो : प्रहरी महानिरीक्षक

काठमाडौं  :  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगसँगै अपराध अनुसन्धानमा चुनौती थपिएको बताएका छन्।

सोमबार (मंसिर १) प्रहरी प्रधान कार्यालयमा अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवस का अवसरमा आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले सामाजिक सञ्जालको दुरुपयोग, लागुऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन, ओसारपसार, आर्थिक अपराध तथा अन्तरदेशीय प्रकृतिका जटिल र संगठित अपराध अनुसन्धानका लागि क्षमता विकास तालिम आवश्यक रहेको बताए।

उहाँले फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजतलास र पक्राउ परेकालाई प्राथमिकतामा राख्दै तत्काल नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन्। साथै, विगतका आपराधिक गतिविधि र लामो समय ‘पेन्डिङ’मा रहेका घटनालाई पनि प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्।

नवनियुक्त महानिरीक्षक कार्कीले निष्पक्ष, प्रमाणमुखी र वैज्ञानिक अनुसन्धान ले कानुनविपरीत कार्य गर्नेहरुलाई कानुनी दायरामा ल्याउन सहयोग पुग्ने र पीडितलाई न्याय दिलाउन तथा समाजमा प्रहरीप्रतिको विश्वास र प्रतिष्ठा बढाउन प्रहरी अधिक जिम्मेवार र क्रियाशील हुनुपर्ने बताए।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पनि अपराध नियन्त्रण र अनुसन्धानको वर्तमान अवस्था, चुनौती र समाधानका उपाय सम्बन्धमा धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट