Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरीले भन्यो – त्रिवि मैदान वरपर भिड नगर्नू

प्रहरीले भन्यो – त्रिवि मैदान वरपर भिड नगर्नू

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संकरणको सुरूवाती खेलको टिकट सबै बिक्री भइसकेको छ । आज साँझ हुने उद्घाटन खेलका सबै टिकट बिक्री भएसँगै हिजो नै नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकलाई घरमै बसेर खेल हेर्न अनुरोध गरिसकेको थियो । क्यानका सचिव पारस खड्काले भिडियो सन्देश जारी गर्दै पहिलो दिनको अत्यधिक चापका कारण खेल स्थलमा अनावश्यक भीड हुन नदिएर सहयोग गर्न आग्रह गरेका थिए ।

शान्ति सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीले पनि आज एक सूचना जारी गरी सुरूवाती खेलको टिकट सबै बिक्री भइसकेको भन्दै त्रिवि मैदान वरपर भिड नगर्न अनुरोध गरेको छ। सोमबार अपराह्न ४ बजे पहिलो संस्करणको बिजेता जनकपुर बोल्ट्स र काठमाडु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सूचना जारी गर्दै खेल स्थल बाहिर भीड नगर्न अनुरोध गरेका हुन्।

‘आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट