Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

देशभर आगलागीको घटनामा तीव्र वृद्धि, २४ घण्टामै सात स्थान प्रभावित

देशभर आगलागीको घटनामा तीव्र वृद्धि, २४ घण्टामै सात स्थान प्रभावित

काठमाडौँ : सुक्खायाम सुरु भएसँगै देशभर आगलागीका घटनामा उल्लेखनीय वृद्धि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्र सात स्थानमा आगलागीको घटना दर्ता भएको छ। मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत र कैलालीमा भएको आगलागीबाट ठूलो मात्रामा भौतिक सम्पत्ति नष्ट भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका विवरणअनुसार कात्तिक २७ गते नै देशभर १६ स्थानमा आगलागीका घटना भएका थिए। तीमध्ये बारा र रुपन्देहीका दुई स्थानमा आगलागी भएका छन् भने पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बागलुङ र हुम्लामा आगलागीबाट ठूलो क्षति भएको छ।

यसअघि कात्तिक २६ गते ११ स्थानमा, २५ गते आठ स्थानमा र २४ गते नौ स्थानमा आगलागी भएको र जनचेतना अभाव तथा असावधानी मुख्य कारण भएको प्राधिकरणले बताएको छ। प्राधिकरणले आगलागी जोखिम बढेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ।

यस्तै, शुक्रबार ताप्लेजुङमा लेक (उचाइ जन्य रोग) लागेर तीन जना बिरामी परेका छन्। कञ्चनजङ्घा आधार शिविरतर्फ जाँदै गरेका दुई जापानी नागरिक र फर्कने क्रममा एक अमेरिकी नागरिक लेकका कारण सिकिस्त भएका छन्।

त्यसैगरी मोरङ, सिन्धुपाल्चोक, म्याग्दी र बर्दियामा जनावरको आक्रमणबाट तीन जना घाइते भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट