Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कटुवा पेस्तोलसहित एक जना पक्राउ

कटुवा पेस्तोलसहित एक जना पक्राउ

मकवानपुर  : यहाँको राक्सिराङ गाउँपालिकामा एक व्यक्तिको गोली हानी हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार शुक्रबार बिहान ९:५२ बजे मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलँगैरी ठकुरीडाँडामा ५४ वर्षीय इमान सिंह थोकरले ६४ वर्षीय तुले गोलेलाई गोली प्रहार गरी हत्या गरेका थिए ।

गोली प्रहारबाट गोलेको घटनास्थलमै मृत्यु भएको खबर पश्चात् प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।प्रारम्भिक अनुसन्धान पश्चात् फरार रहेका अभियुक्त थोकरको खोजी गर्ने क्रममा प्रहरीले उनलाई घटनास्थलभन्दा १ किलोमिटर पूर्व कोलगैरीमा लुकीछिपी बसिरहेको अवस्थामा साँझ ५ बजे पक्राउ गरेको हो ।प्रहरीले उनको साथबाट १ थान कटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने २ राउन्ड गोली, १ थान खोका र १९० ग्राम गनपाउडर बरामद गरेको छ ।

पक्राउ परेका थोकरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानमा पुरानो रिसिइबीका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट