Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वडाध्यक्षको गोली हानी हत्या

वडाध्यक्षको गोली हानी हत्या

काठमाडौँ :  धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ । उनीमाथि शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको नगर प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।

घटनापछि स्थानीयले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।यादव स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेकाे जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट