Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ : नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिए । प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा गएका छन् ।

कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट