Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु अख्तियारको छानविनमा

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु अख्तियारको छानविनमा

लुम्बिनी : लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालविरुद्ध अख्तियारमा उजुरीका चाङ परेका छन् । भवन निर्माणदेखि खरिदमा अनियमितताको विषयमा उनीविरुद्ध करिब एक दर्जन उजुरी परेका छन् ।

उनी १० औं तहका चिकित्सक हुन्। ११ औं तहकालाई पन्छाएर उनलाई मेसु दिइएकोमा अस्पतालभित्रै विरोध भइरहेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको आडमा उनले अस्पतालमा बेथिती बढाएको आरोप लागेको छ।

उनको दरबन्दी गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा छ। सो अस्प्तालले चिकित्सकको अभाव रहेको भन्दै उनलाई फिर्ता गर्न बारम्बार पत्र समेत लेख्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत ढकाललाई ताकेता गर्दै आएको छ। तर, राजनीतिक आडमा उनी लुम्बिनीमा बस्दै आएका छन् ।

हालै उनले मेडिकल सप्लायर्स उमेश अग्रवालसँग मिलेर करिब पाँच करोडको सामान सेटिङमा खरिद गरेको विषयमा हाल अख्तियारले छानविन गरिरहेको छ। उनीविरुद्धका यसअघिका उजुरी पनि छानविनमै छ।

सो अस्पतालको नयाँ भवन निर्माणमा पनि करिब एक अर्बको चलखेल भएको थियो । ६ अर्बमा बनाउन लागिएको भवनको टेण्डरमा सबै दललाई भागबन्डा गरिएको छ। जसमा डा. ढकाल पनि मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट