Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

तवनमा सुत्केरी महिलाको मृत्यु, अस्पतालले पल्मोनरी थ्रम्बोइम्बोलिज्म कारण बतायो

तवनमा सुत्केरी महिलाको मृत्यु, अस्पतालले पल्मोनरी थ्रम्बोइम्बोलिज्म कारण बतायो

भरतपुर : चितवनको कालिका नगरपालिका वडा नं. २ निवासी ३० वर्षिया संगीता विकसको मृत्यु मुटु र फोक्सो जोड्ने रगतको नसामा रगतको डल्लोले थुनेर भएको भरतपुर अस्पतालले दावी गरेको छ ।

अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी म्यासिभ पल्मोनरी थ्रम्बोइम्बोलिज्म र मुटुले रगत पम्प गर्न नसकेको कारण मृत्यु भएको जनाएको हो । अस्पतालका प्रवक्ता एवं स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ “कात्तिक २० गते साँझ ७ बजे भर्ना भई उपचारमा रहनु भएका विकको गर्भमा रहेको बच्चा मृत्यु भईसकेकोले उपचारको प्रोटोकल अनुसार औषधिको प्रयोग गरी व्यथा लगाई सामान्य प्रसुती गराउने क्रममा पाठेघरको मुख पाँच घर खुलिसकेको थियो ।”

विज्ञप्तिमा अस्पतालकै बेडमा बसेको समयमा अचानक विक बेहोस् भएको उल्लेख छ । त्यस लगत्तै सो अवस्थामा गर्नुपर्ने कोर्डियो–पल्मोनरी रिससीटेसन गरेर तुरुन्त एमआईसियुमा मल्टिडिसिप्लिनरी टिम मार्फत् उपचार गरिएको उल्लेख छ ।

उपचार तथा जाँचको क्रममा म्यासिभ पल्मोनरी थ्रम्बोइम्बोलिज्म व्यथा लागेको आमाको अचानक मृत्यु हुने कारण मध्ये एक प्रमुख कारण भएको विज्ञप्तिमा उल्लेख छ । अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा सुविधाको हरसम्भव प्रयोग र चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको साढे दुई घण्टाभन्दा बढीको अथक प्रयास पश्चात पनि निजको कात्तिक २२ गते राती ११ः४० मा निधन भएको अस्पतालको भनाई छ । अस्पतालमा सुत्केरी गराउन आएकी संगीता विकसको मृत्यु भएपछि आईतबार र आज सोमबार आफन्तले अस्पतालमा नाराबाजी गरिरहेका छन् ।

विकको शनिबार मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरवाही भन्दै अस्पतालमा नाराबाजी गर्दै आएका छन् । उनीहरुले आज अस्पतालका प्रसुती वार्डमै पुगेर नाराबाजी गरेका थिए । आफन्तले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट