काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ५० ग्राम सुन सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएर चाबहिल बस्ने ३८ वर्षीय अमिया अडाक छन् ।विदेशबाट ल्याएको सुन रिसिभ गरेर लैजाने क्रममा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी नकुल पोखरेलले रातोपाटीलाई बताए ।
शनिबार पार्किङ एरियाबाट पक्राउ परेका भारतीयको साथबाट प्रहरीले औँठी आकारका दुई थान सुन बरामद गरेको छ । प्रहरीले सो सुन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij