Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भारतीय नागरिकबाट गोली प्रहारका घटनामा प्रहरी असफल, ७ महिनासम्म अपराधी नियन्त्रण बाहिर

भारतीय नागरिकबाट गोली प्रहारका घटनामा प्रहरी असफल, ७ महिनासम्म अपराधी नियन्त्रण बाहिर

रुपन्देही : रुपन्देहीमा भारतीय नागरिकबाट नेपाली नागरिकमाथि गोली प्रहार भएका पछिल्ला दुई गम्भीर घटनामा दोषीहरूलाई पक्राउ गर्न रुपन्देही प्रहरी लामो समयदेखि असफल देखिएको छ। पछिल्लो दुई घटनामा गोली चलाउने व्यक्ति भारतीय नागरिक भएको यकिन भए पनि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन सकेको छैन।

पछिल्लो घटना सोमबार राति भैरहवास्थित होटेल निर्वाण लक्जरी इन्टरनेसनल परिसरमा भएको हो। नेपाली र भारतीय ग्राहकबिच झगडा हुँदा एक भारतीय नागरिकले चलाएको गोली झगडा गर्ने ग्राहकलाई नलागी होटेलका सुरक्षा गार्ड मीनबहादुर परियार (२७) लाई तिघ्रामा लागेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले गोली चलाउने व्यक्ति भारतीय नागरिक भएको यकिन भए पनि नियन्त्रणमा लिन नसकिएको बताएका छन्।

यसअघि, वैशाख ६ गते बुटवल-११, बुद्ध नगरमा होटेल सञ्चालन गरेकी टीका विष्ट क्षेत्री (२९) माथि दिउँसै गोली प्रहार भएको थियो। प्रहरीले उक्त घटनामा भारतको टुटिबारी बस्ने आलम अन्सारी संलग्न भएको पहिचान गरे पनि घटना भएको सात महिना पुग्दासमेत उनलाई पक्राउ गर्न सकेको छैन, जसले गर्दा पीडित परिवार असन्तुष्ट छन्।

डीएसपी कार्कीले रुपन्देही भारतसँग जोडिएको जिल्ला भएकाले भारतीय अपराधीहरूलाई पक्राउ गर्न कठिन हुने गरेको बताएका छन्। उनले अपराधीहरूले साना हतियार सहजै ल्याउन सक्ने हुँदा गोली प्रहारका घटना बढेको स्वीकार गर्दै दुवै घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिन प्रहरी लागि परेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट