Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलालीमा स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका-२ को साडेपानीमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आइतबार बिहान तरकारी बोकेको लु२च २३५८ नम्बरको जिपले ठक्कर दिंदा बर्दगोरिया गाउँपालिका-६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु र अन्य तीन जना घाइते भएको घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

स्थानीयले दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बिहानैदेखि राजमार्ग अवरुद्ध गरेपछि सवारी साधन आवागमन रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए ।

उनका अनुसार स्थानीयको अवरोधका कारण विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन साडेपानीमा रोकिएका छन् । जिप चालकलाई भने प्रहरीले बिहानै नियन्त्रणमा लिएको थियो । जिपको ठक्करबाट घाइते भएका तीन जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट